Rule 103
बनपपैदावारको व्यवस्थापन गर्नु पर्ने
(१) यस परिच्छेद बमोजिम रुख हटाउन स्वीकृत पाएको निकायले आफ्नै खर्चमा रूख, बिरूवा तथा अन्य बन पैदावार कटान, मुछान तथा सङ्कलन गरी डिभिजनल वन अधिकृतले तोकिदिएको स्थानमा घाटगद्दी गर्नु पर्नेछ।

तर घाटगद्वदीमा रहेको एक वर्ष भित्रमा: ने: सडीगली जान सक्ने नरम प्रजातिका रुख र वनक्षेत्र बाहिरका राईट अफ वेमा भएका रुख मूल्याङ्कनको आधारमा खडै: लिलाम बिक्री गर्न सकिनेछ।

(२) उपनियम (१) बमोजिमका कार्य डिभिजन वन कार्यालयको वन अधिकृतको रोहबरमा सम्पन्न गरी डिभिजन वन कार्यालयलाई वन पैदावार हस्तान्तरण गर्नु पर्नेछ।

(३) सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गरेको वनको हकमा उपनियम-(१) बमोजिमको कार्य गर्दा सम्बन्धित उपभोक्ता समूहको कार्यसमितिका प्रतिनिधि समेतको रोहबरमा गरी सम्बन्धित उपभोक्ता समूहलाई वन पैदावार हस्तान्तरण गर्नु पर्नेछ।

तर सामुदायिक वन उपभोक्ता समूह गठन हुनु अगावै ऐनको दफा ४२ बमोजिमका विकास आयोजनालाई प्रयोग गर्न दिईएका वनको हकमा उपनियम (१) बमोजिम प्राप्त वन पैदावार नेपाल सरकारको हुनेछ।

(४) उपनियम (१) बमोजिम काठ, दाउरा सङ्कलन भएपछि : कार्ययोजनाको वार्षिक स्वीकार्य कटान परिमाणलाई पुनरावलोकन गरी कार्ययोजनामा समावेश गर्नु पर्नेछ।

(५) नियम ९० बमोजिम राष्ट्रिय वन क्षेत्र भित्र विकास आयोजना सञ्चालन गर्दा ढुङ्गा, गिट्टी वा बालुवा निस्किएमा सम्बन्धित, आयोजनाले अनुसूची-८ बमोजिम नदीजन्य वन पैदावारको लागि निर्धारण गरिए बमोजिमको दस्तुर बुझाई प्रयोग गर्न सक्नेछ ।

(६) उपनियम (५) बमोजिम निस्किएको ढुङ्गा, गिट्टी वा बालुवा सम्बन्धित आयोजनाले प्रयोग नगरेमा डिभिजन वन कार्यालयको सिफारिसमा सम्बन्धित स्थानीय: तहले खुला प्रतिस्पर्धाको आधारमा बिक्री गर्नु पर्नेछ ।